बिहीबार, कात्तिक २७, २०८२

मण्डला थिएटरमा अब नाटकसँगै खानपिन

 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

मण्डला थिएटरमा नाटक हेर्न जाँदै हुनुहुन्छ भने अब त्यहीँ खानपिन पनि गर्न सकिने भएको छ। थिएटर सञ्चालक कलाकारहरुले थिएटरसँगै रेष्टुरेण्ट पनि सञ्चालनमा ल्याएका हुन्। 

National life

दयाहाङ राईसहित १३ जना कलाकारले बानेश्वरस्थित थापागाउँमा रहेको मण्डला परिसरमा लेन्चाखिम रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। उक्त रेष्टुरेन्ट एक करोड २० लाख रूपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा ल्याइएको हो।

मण्डला नाटकघरसँग जोडिएका सबै कलाकारहरू मिलेर लेन्चाखिम सञ्चालनमा ल्याइएको हो। यसमा बुद्धि तामाङ, सृजना सुब्बा, विजय बराललगायत १३ जना छन्। रेष्टुरेन्ट मण्डला नाटकघरको माथिल्लो दुई तलामा छ। पहिलो तलामा क्याफे छ भने दोस्रो तलामा बारसहितको रेस्टुरेन्ट।

नाटक हेर्न आउनेहरूलाई खान, बस्नका लागि सहज हुन्छ भनेर रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उनीहरुले बताएका छन्। रेष्टुरेण्टको नाम वान्तवा भाषामा राखिएको छ। वान्तवा भाषामा 'लेन्चा' भनेको खाजा र 'खिम' भनेको घर हो। लेन्चाखिममा खाजाहरू पनि मौलिक परिकारका चाख्न पाइन्छ।

यहाँ पूर्वको 'वाचिपा', 'याङवेन' जस्ता मौलिक परिकारको स्वाद लिन सकिन्छ। यसबाहेक अन्य रेष्टुरेन्टमा पाइने सबै परिकारहरू लेन्चाखिममा पाइने दयाहाङले बताए।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 14, 2023| 14:05 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्