मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकको सुझाव– बैंकबाट कर्जा माग गर्नेले नै साँवाब्याजको दायित्व लिनुपर्छ 

राष्ट्र बैंकको सुझाव– बैंकबाट कर्जा माग गर्नेले नै साँवाब्याजको दायित्व लिनुपर्छ 

पछिल्लो समय बैंकको ब्याज महँगो भएको दाबी गर्दै आन्दोलनमा उत्रिएका उद्योगी, व्यवसायीले ऋण रकम भुक्तानी नगर्ने चेतावनी दिएपछि राष्ट्र बैंकले आफ्नो भनाइ सार्वजनिक गरेको हो।
 |  मंगलबार, फागुन ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

vianetvianet

काठमाडौं– नेपाल राष्ट्र बैंकले ऋणीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा पूर्वनिर्धारित सर्तअनुसार त्यसको साँवाब्याज भुक्तानी गर्नुपर्ने  दायित्व ऋणीको नै हुने उल्लेख गरेको छ।

triton college

मंगलबार राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूचना प्रकाशित गरी बैंक तथा वित्तीय संस्थाबाट कर्जा ल्याएपछि ब्याज र साँवा तिर्दैनौं भन्नु गैरकानुनी हुने प्रस्ट पारेको हो।

पछिल्लो समय बैंकको ब्याज महँगो भएको दाबी गर्दै आन्दोलनमा उत्रिएका उद्योगी, व्यवसायीले ऋण लिँदाको रकम भुक्तानी नगर्ने चेतावनी दिएपछि राष्ट्र बैंकले सूचना जारी गरी आफ्नो भनाइ सार्वजनिक गरेको हो। राष्ट्र बैंकले जुन प्रयोजनका लागि कर्जा लिइएको हो, सोही प्रयोजनमा मात्रै प्रयोग गर्न सुझाएको छ। 

सम्बन्धित पक्षले पूर्वनिर्धारित सर्त पूरा नगर्दा कानुनी कारवाही मात्र नभई वित्तीय मध्यस्थताको सन्तुलन बिग्रने र वित्तीय स्थायित्वमा समस्या आउन सक्नेतर्फ राष्ट्र बैंकले सचेत गराएको छ। 

बैंक तथा वित्तीय संस्थाले बचतकर्तासँग भएको सञ्चित रकम जम्मा गर्ने र वित्तीय स्रोतको आवश्यकता भएकालाई कर्जा उपलब्ध गराउने कार्य गरी वित्तीय मध्यस्थता सेवा प्रदान गर्न तयार रहेको राष्ट्र बैंकले बताएको छ।

National life insurance

कर्जा सदुपयोग गरी निश्चित उद्यम/व्यवसाय गर्दागर्दै कुनै कारणले समयमा कर्जा भुक्तानी गर्न नसक्ने अवस्था आइपरे तोकिएका सर्तको अधीनमा रही पुनर्संरचना वा पुनर्तालिकीकरणको व्यवस्था रहेको पनि राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ।

प्रकाशित: Mar 14, 2023| 13:29 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्