शुक्रबार, वैशाख ७, २०८१

बिकास बैंकले घटाए ब्याजदर

बदलिदो परिस्थीतिका बीच विकास बैंकले ब्याजदर घटाउने निर्णय गरेका छन्।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- बदलिदो परिस्थीतिका बीच विकास बैंकले ब्याजदर घटाउने निर्णय गरेका छन्।

triton college

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ अर्थातदेखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो। 

जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ।

उता, चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ।

प्रकाशित: Mar 14, 2023| 09:05 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्