शुक्रबार, वैशाख ७, २०८१

संघीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा छौं : प्रधानमन्त्री प्रचण्ड

संघीय शिक्षा ऐन पारित भएपछि शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन हुने प्रधानमन्त्री प्रचण्डको दाबी।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन्।

triton college

शिक्षामन्त्रीको समेत कार्यभार सम्हाल्दै आएका प्रधानमन्त्री प्रचण्डले सोमबार पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्सव एवं ७७औं वार्षिकोत्सव अवसरमा संघीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन हुने बताएका हुन्।

उनले भने, ‘संघीय शिक्षा ऐन पारित गरी शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध छ।’ प्रधानमन्त्री प्रचण्डले शिक्षा, सामाजिक र सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि तथा विकासको महत्त्वपूर्ण पक्ष भएको बताए।

उनले भने, ‘जुन राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिन्छ, त्यो राष्ट्रले विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्न सक्छ। त्यो देशको जनशक्तिले राष्ट्रिय मात्र नभएर विश्व बजारमा प्रतिस्पर्धामा अग्रता हासिल गर्दछ।’

शैक्षिक पाठ्यक्रमको पुनरवलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक विज्ञान प्रविधि र व्यावसायिक बनाउन वर्तमान बदलिएको राजनीति एवं सामाजिक व्यवस्थाअनुरुप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक भएको प्रधानमन्त्री प्रचण्डले औंल्याए।

corrent noodles
Metro Mart

सरकारी विद्यालयको गुणस्तर वृद्धिका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ। ‘सरकारी र निजी क्षेत्रबीच गुणस्तर तथा उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसात् गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउनुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भने। यसका लागि आवश्यक कानुनी, नीतिगत, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग तथा सहकार्य गर्न सरकार तयार रहेको उनको धारणा छ। 

उनले प्राविधिक शिक्षालाई जोड दिँदै विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिर्वाय विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक भएको बताए। कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले पद्मोदय विद्यालयलाई देशकै नमुना बनाउन सरकारसँग आग्रह गरे।

प्रकाशित: Mar 13, 2023| 14:17 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्