बिहीबार, वैशाख १३, २०८१

'डीभी एजुकेशन सक्षम नारी सम्मान २०७९' बाट ९ जना सम्मानित

 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं- डीभी एजुकेशन ग्रुपले विभिन्न विधाका ९ जना नारीलाई सम्मान गरेको छ। ‘डीभी एजुकेशन सक्षम नारी सम्मान २०७९’ अन्तर्गत ९ जना नारीलाई सम्मान गरिएको हो।

triton college

माइती नेपालकी संस्थापक अनुराधा कोइराला प्रमुख अतिथि रहेकी सम्मान कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा कोइरालाले गरिबीले भन्दा पनि अशिक्षाका कारण महिलाहरु बेचिनुका साथै समस्यामा पर्ने गरेको बताइन्। उनले शिक्षाको अभावका कारण नेपाली नारीहरु समस्यामा परेको बताउँदै ग्रामीण भेगमा अहिले पनि लैंगिक असमानता रहेकोले अनिवार्य नि:शुल्क शिक्षालाई राज्यले कार्यन्वयन गर्नुपर्ने धारणा राखिन्।

कोइरालाले सम्मान पाउने नारीले जुन जुन विधामा सम्मान पाएका छन्, त्यो क्षेत्रमा भएका विकृति हटाउन लागे मात्रै सम्मान पाएको सार्थक हुने बताउँदै काम गर्न सबै नारीलाई आग्रह गरिन्।

डीभी एजुकेशनकी निर्देशक इशानी श्रेष्ठले विभिन्न क्षेत्रका नारीहरुलाई डीभी एजुकेशन सक्षम नारी सम्मान २०७९ बाट सम्मान गर्न पाउँदा खुशी लागेको बताइन्। उनले यस्ता सम्मानले नारीहरुलाई आफ्नो क्षेत्रमा काम गर्न हौसला मिल्ने बताउँदै सम्मान गरिएको जानकारी दिइन्।

नौ विधामध्ये खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा.शिलु मानन्धर बज्राचार्यलाई शिक्षा क्षेत्र अन्तर्गत एजुकेशन सम्मान गरिएको थियो। 

corrent noodles
Metro Mart

त्यस्तै नागरिक नेटवर्ककी सिइओ समृद्धि ज्ञवालीलाई पत्रकारिता क्षेत्रबाट, डिआइजी किरण बज्राचार्यलाई सामाजिक कार्य अन्तर्गत, सिनियर गाइनोकोलोजिष्ट डा. स्वराज राजभण्डारी मेडिकल क्षेत्रबाट, २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठलाई स्टार्टअप इनोभेशनको क्षेत्रबाट, नेपाल टुरिजम बोर्डकी निर्देशक नन्दनी लाहे थापालाई हस्पिटालिटी र टुरिजम क्षेत्रबाट, भायनेट कम्युनिकेसनकी सिइओ सेवा पाठकलाई बिजनेस र बैंकिङ क्षेत्रबाट, सेभेन समिट्स ओमेन शैली बस्नेतलाई खेल क्षेत्रबाट र गायिका इन्दिरा जोशीलाई संगीत क्षेत्रबाट सम्मान गरिएको थियो।

डीभी एजुकेशन ग्रुप अन्तर्गत शुभश्री कलेज, ट्रिटन कलेज, शेफर्ड कलेज र ट्रिटन स्कुल सञ्चालनमा रहेका छन् भने सबै शैक्षिक संस्थाहरुमा महिलाको नेतृत्व रहेको छ।


प्रकाशित: Mar 13, 2023| 12:12 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्