शनिबार, पुस ५, २०८२

मादुरोले भने- अमेरिकी साम्राज्यवाद पतन भयो

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताएका छन्। अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उनले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताएका हुन्।

National life

'अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन, सबै अमेरिकी नीति पश्चगामी छन्,' राष्ट्रपति मादुरोले भनेका छन्। यद्यपि ह्वाइट हाउसद्वारा प्रवर्तित अति–दक्षिण समूहहरूको अझै पनि प्रभाव रहेको उनले स्वीकार गरेका छन्।

अमेरिकाले ल्याटिन अमेरिकी समाजमा असहिष्णुता र घृणा उत्पन्न गराउन, लोकतान्त्रिक विरोधी, अधिनायकवादी, बहिष्करणका परियोजनालाई वित्तीय सहयोग गर्न चाहेको आरोप भेनेजुएलाका राष्ट्रपतिले लगाएका छन्।

उनले कठिन परिस्थितिमा पनि बहुध्रुवीय, बहुकेन्द्रित, नयाँ संसार, मानवताको साझा भाग्य निर्माणमा आफ्नो देशले योगदान गरेको बताए। अमेरिकी साम्राज्यवादी आफू र आफ्नो देशका क्रान्तिकारी परियोजनालाई नष्ट गर्न उद्यत रहेका बताए। 
 

प्रकाशित: Mar 12, 2023| 21:30 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।