आइतबार, जेठ ३, २०८३

सामसङ स्मार्ट प्लाजा अब धनगढीमा

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

नेपालका लागि सामसङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ।

National life

हिम इलेक्ट्रोनिक्सका भाइस प्रेसिडेन्ट प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सका कलाधर ठाकुरद्वारा २६ फाल्गुनमा सो प्लाजाको उद्घाटन गरिएको थियो।

सुविधा सम्पन्न यस सामसङ स्मार्ट प्लाजा, ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध छ।

ग्राहकले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याई सामसङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्नेछन्। यससँगै, ग्राहकहरूले हुलास फिन सर्भमार्फत सजिलै किस्ताबन्दिको सेवा पनि प्राप्त गर्न सक्ने बताईएको छ।
उक्त अवसरमा प्लाजाका प्रबन्धक शिव शङ्कर ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए।
 

प्रकाशित: Mar 12, 2023| 20:30 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्