आइतबार, जेठ ३, २०८३

एक महिनामै १ खर्ब ४ अर्ब भित्रियो रेमिट्यान्स

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

माघमा १ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकले आइतबार चालु आवको ७ महिनामा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो। 

National life

पोहोरको तुलनामा यो २७.१ प्रतिशतले बढी हो। पुससम्म ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको थियो। 

पछिल्लो सात महिनामा कुल ५ अर्ब ३० करोड रुपैयाँ बराबरको अमेरिकी डलर रेमिटेन्सको रुपमा आएको छ। अघिल्लो महिनासम्म साढे ४ अर्ब रुपैयाँ थियो।

वैदेशिक रोजगारीमा जानेको संख्या पनि ह्वात्तै बढेकोले त्यसको सकारात्मक प्रभाव रेमिटेन्समा परेको हो। माघमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भएको छ।
 

प्रकाशित: Mar 12, 2023| 14:25 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्