बुधबार, चैत ८, २०७९

त्रिवि केन्द्रीय क्याम्पसबाट ११५ को उम्मेदवारी दर्ता

प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ५१ गरी विभिन्न पदका प्रत्यासीले उम्मेदवारी दर्ता गराएका हुन्।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं– आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मुलुककै जेठो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न पदका लागि ११५ जनाको उम्मेदवारी परेको छ। प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ५१ गरी विभिन्न पदका प्रत्यासीले उम्मेदवारी दर्ता गराएका हुन्।

National life insurance

त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्ष पदका लागि मात्र १४ जनाले उम्मेदवारी दर्ता गरएको स्ववियु निर्वाचन समितिले जनाएको छ। यीमध्ये ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक अध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष र ८ जना सदस्य निर्वाचित हुन्छन्।  समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुन्छन्।

क्रान्तिकारी विद्यार्थी आन्दोलनका तर्फबाट, स्वतन्त्र विद्यार्थी समूह, स्वतन्त्र विद्यार्थी संघबाट, नेपाल विद्यार्थी संघबाट, अखिल क्रान्तिकारीबाट, अनेरास्ववियुबाट, नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट र अखिल (क्रान्तिकारी) संयुक्तबाट गरी १४ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित: Mar 12, 2023| 02:16. 00 आइतबार, फागुन २८, २०७९