मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बोक्सी बकाउने भन्दै झाँक्रीले कुटपिट गर्दा बालिकाको मृत्यु

बोक्सी बकाउने भन्दै झाँक्रीले कुटपिट गर्दा बालिकाको मृत्यु

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

रुपन्देहीको सैनामैना नगरपालिका-१० बेमतेनीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।

National life

कथित माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गर्दा मृत्यु भएकी १४ वर्षीया बालिका सीता ज्ञवालीको हत्या आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न झाँक्री सोनिया रेश्मीसहित सोही रात सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरी सुक्ष्म अनुसन्धान थालिएको बताएको छ।

फागुन २० गते राति ८ बजे झाँक्रीकहाँ लगिएकी सीतालाई 'बोक्सी बकाउने' भन्दै लछारपछार पारी कुटपिट गरेको र सोही क्रममा उनको मृत्यु भएको थियो। सीतालाई लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ। 

त्यसप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ । साथै उक्त घटनामा संलग्न मानिसहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
 

Shivam cement

प्रकाशित: Mar 12, 2023| 06:02 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।