शनिबार, वैशाख ८, २०८१

चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको प्रवेश परीक्षा आजदेखि

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजदेखि सुरु भएको छ। परीक्षामा ३६ हजार ७ सय ६७ परीक्षार्थी सहभागी हुँदै छन्।
फागुन २४ गते एमबिबिएस, २५ गते बीडीएस, २६ गते बीएस्सी नर्सिङ, बीएसएलपी, बीपर्फिजन, २७ गते बीफार्म, बीएमएस, बीएनएस,बीएससीएमलटी र २८ गते वीपीएचको परीक्षा हुने छ।

पहिलो दिनको एमबिबिएस प्रवेश परीक्षामा १३ हजार ६ सय ८८, दोस्रो दिनको बीडीएसमा ५ हजार ३४, तेस्रो दिन हुने बीएस्सी नर्सिङ, बीएसएलपी, बीपर्फिजनलगायतका विषयमा ६ हजार ४५४, चौथो दिन हुने बीफार्म, बीएमएस, बीएनएस, बीएससीएमलटीलगायतका परीक्षामा ९ हजार १ सय ५९ र पाँचौं दिन हुने बीपीएचमा २ हजार ४३२ परीक्षार्थीले भाग लिंदै छन्।

परीक्षार्थीहरूलाई समयमै आफ्नो प्रवेश पत्र प्रिन्ट गरी त्यसमा उल्लेख भएका विवरणहरू पालना गरी निर्धारित मिति र समयमा तोकिएको परीक्षा केन्द्रमा प्रवेश गरी मर्यादित ढङ्गबाट परीक्षामा सहभागी हुन र परीक्षार्थीका अभिभावकहरूलाई समेत आयोगबाट सम्प्रेषण हुने सूचना बाहेक अन्य प्रचारबाजीको पछि नलागी परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउन आवश्यक सहयोग गर्न आयोगले अनुरोध गरेको छ। एकीकृत प्रवेश परीक्षामा १११ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: Mar 08, 2023| 16:34 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्