बिहीबार, फागुन २८, २०८२

चिकित्सा शिक्षा आयोगले बाँड्यो डाक्टरी कोटा

आयोगको कार्यकारी समिति बैठकले विभिन्न २१ वटा शिक्षण अस्पताल/कलेजको एमबीबीएसका लागि १ हजार ८९५ कोटा निर्धारण गरेर बाँडफाँट गरेको हो। 
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ। आयोगको कार्यकारी समिति बैठकले शिक्षण अस्पताल/कलेजका लागि स्नातक तहको कोटा संख्या निर्धारण गरेको हो।

National life

विभिन्न २१ वटा शिक्षण अस्पताल/कलेजको एमबीबीएसका लागि १ हजार ८९५ कोटा निर्धारण गरिएको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले बताए।

उनका अनुसार १०० जना कोटाका दरले १७ शिक्षण अस्पतालका लागि बाँडफाँट गरिएको छ। बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स टिचिङ अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्स, लुम्बिनी मेडिकल कलेजले १०० जनाको कोटा एमबिबिएस पाएका छन्। 

यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेज अफ साइन्सेजले पनि १०० जना एमबीबीएस पढाउने कोटा पाएका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ६५ कोटा, देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युट र जानकी मेडिकल कलेज ५०/५० कोटा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० कोटा पाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 08, 2023| 11:10 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्