बिहीबार, फागुन २८, २०८२

बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ परीक्षाको समय–तालिका

२६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिने बोर्डको समय तालिकमा उल्लेख छ। 
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

National life

बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुराना पाठ्यक्रमअनुसार नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो। 

२६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिने बोर्डको समय तालिकमा उल्लेख छ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ।

बोर्डका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिने छैन। कुनै आकस्मिक बिदा पर्न गएसमेत परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाबिना परीक्षा स्थगित हुने छैन।

प्रकाशित: Mar 06, 2023| 14:03 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्