शनिबार, वैशाख ८, २०८१

ओलीको अहम् र चालबाजीको योगफल

नेताको स्वार्थको लागि राजनीतिमा दाउपेच सामान्य हो। मुख्य कुरा स्वाभाव र सोचको कुरा हो, जसमा अहिले सबैभन्दा बढी अविश्वासिलो ओली नै देखिएका छन्। 
 |  आइतबार, फागुन २१, २०७९

भानु बोखिम

भानु बोखिम

आइतबार, फागुन २१, २०७९

मुलुक नयाँ राष्ट्रपतिको पखाईमा छ। राजनीतिमा रातारात उलपपुलट हुन सक्छन् तर अवस्था सामान्य रहेमा परिणाम पक्कापक्की छ। परिणाम भने सरकार गठनको बेला विकसित राजनीतिक घटनाक्रमभन्दा विपरीत हुनेछ। यो निर्णय सरकार निर्माणको प्रमुख घटक एमालेको लागि प्रिय भने हुने छैन। र, अप्रिय परिणामको ठूलो कारकको रुपमा एमालेकै अध्यक्ष केपी ओलीको अहम् र चालबाजीले भूमिका खेलेको सावित हुनेछ।  

triton college

अहमले सधैं अरुसँग पौँठेजोरी खोज्न सकिँदैन। साथै चालबाजीले सधैं आफ्नो पक्षमा परिणाम दिँदैन। निरन्तरको चालबाजीले उल्टै आफू विरोधीको मोर्चा तयार हुन्छ। अहिले नेकपा एमाले विरोधीको मोर्चा तयार भएको छ। यथार्थमा यो मोर्चा एमालेविरुद्ध नभएर ओलीविरुद्ध हो भनेर बुझ्न गाह्रो छैन।

यसपालिको ओली र प्रचण्डको हातेमालोको आयु अति नै छोटो रह्यो। केपी शर्मा ओलीसँग प्रचण्ड पुनः अलग्गिएका छन्। कुनै समय नेकपा एमाले र माओवादी मिलेर नेकपा भएको थियो। पार्टी एकता भने पनि खासमा तत्कालिन दुई अध्यक्ष प्रचण्ड र ओलीको स्वार्थको एकता थियो भन्दा अतिशयोक्ति हुँदैन। पछि अदालती फैसलाबाट पुनः एमाले र माओवादी अलग भए। अदालती फैसला एउटा प्राविधिक पक्ष थियो। प्रचण्ड र ओलीको स्वार्थ पूरा हुन्थ्यो त त्यो बेला नै दुई पार्टी पुनः एक हुन्थे। 

एमाले र माओवादी पुनः अस्तित्वमा आएपछि ओली र प्रचण्ड अलग मात्र भएनन्। सार्वजनिक मञ्चमा एक अर्कालाई हदैसम्म सत्तोसराप गर्न थाले। ओलीको आलोचना गर्ने पात्रको रुपमा माधवकुमार नेपाल पनि थपिए। ओलीले पनि प्रचण्डसँगै नेपाललाई पनि निशाना साँध्न थाले। यी तीन पात्रबीचको द्वन्द्वमा स्वार्थ त थियो नै, उसमाथि ओलीको अहम् मिसिएपछि चरम रुप लियो। निर्वाचनपछि शेरबहादुर देउवाले प्रधानमन्त्रीको पहिलो कार्यकाल छोड्न नमानेपछि पुनः प्रचण्ड र ओली एक ठाउँमा उभिएका थिए। तर ओलीले प्रचण्डलाई थपना प्रधानमन्त्रीमात्र बनाउन खोजेपछि पुनः दुई अध्यक्षको सम्बन्ध चिसिन पुग्यो। 

नेताको स्वार्थको लागि राजनीतिमा दाउपेच सामान्य हो। मुख्य कुरा स्वाभाव र सोचको कुरा हो, जसमा अहिले सबैभन्दा बढी अविश्वासिलो ओली नै देखिएका छन्। 

corrent noodles
Metro Mart

राजनीतिमा स्वार्थ र लोभ स्वाभाविक हो। तर त्यो लोभ र स्वार्थमा अहम् पालिन्छ वा गल्ती भएको महसुस गरिन्छ? यी कुराले पनि राजनीतिक दलबीच सहकार्य अघि बढ्ने–नबढ्ने तय हुन्छ। अर्काेतिर गल्तीको मात्रा हेरी सहजता र असहजता निर्धारण हुन्छन्। प्रचण्ड ओली सम्बन्धको टकराव स्वार्थको थियो, तर स्वार्थको टकरावमा ओलीले प्रतिनिधिसभा विघटन गर्नु क्षम्य गल्ती थिएन। उसमाथि यो गल्ती दोहोर्‍याउने काम गरे। यसले नै आफ्नै पार्टीका नेता नेपाल र प्रचण्डसँग सम्बन्धमा दरार अझ बढेको थियो। ओली आफ्नो यो कदममा अझै पनि अडिग छन्। प्रचण्ड र माधव नेपाल भने ओलीको यो कदमलाई स्वीकार्ने अवस्थामा छैनन्। 

शेरबहादुर देउवाले प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन तयार भएनन्। यहिँबाट उनीहरुको सम्बन्ध चिसिएको थियो। लोभ र स्वार्थले कहिलेकाहीँ खेल बिग्रिन्छ तर गल्ती महसुस गरेर रणनीति बदल्नु नै बुद्धिमतापूर्ण काम हुन्छ। देउवाले आफ्नो गल्ती चाँडै नै महसुस गरे र रणनीति बदले। निश्चय नै राजनीतिमा दाउपेच चलिरहन्छ। केपी ओलीको भाषामा भन्दा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले दाउपेच सुुरु गर्‍यो। तर यसमा कांग्रेसको रणनीतिले मात्र काम गरेको छैन। प्रचण्डको ओलीप्रतिको अविश्वास र असहजता पनि जोडिएको छ। प्रचण्ड ओलीसँग सहज महसुस गर्न नसक्नुको कारण उनको उनको हेपाहा प्रवृत्ति पनि हो। 

देशको बागडोर सम्हाल्न प्रचण्डले ओलीको साथ लिए तर पूर्ण विश्वास गर्न सकेका थिएनन्। सही मौका पाउँदा ओलीसँगको सहकार्य तोडिसकेका छन्। ओलीकै नेता भएर काम गरेका माधव नेपालले ओलीलाई एक रत्ति विश्वास गरेको देखिँदैन। नीति, कार्यक्रममा फरक होलान्, तर यि तीनै नेताले हाँकेको दलको सैद्धान्तिक पृष्ठभूमि एउटै हो। यद्यपि पहिलो कम्युनिष्ट पार्टीलाई दोश्रो र तेश्रो कम्युनिष्ट पार्टीले विश्वास गर्न सकेका छैनन्। यसमा कुनै सैद्धान्तिक तथा दार्शनिक समस्या छैन। केवल ओलीको स्वार्थ, व्यवहारमात्र प्रधान देखिँदै आएको छ। यसको मतलब माधव नेपाल र प्रचण्डको व्यवहारमा समस्या छैन भन्ने हैन। तर ओलीको तुलनामा उनीहरुको अहम् सीमित छ। 

मान्छेले समय र परिस्थिति हेरी बोली बदल्न सक्छ तर स्वार्थ, स्वाभाव र सोच बदल्न मुस्किल हुन्छ। कहिलेकाहीँ ओली माधव र प्रचण्डप्रति नरम हुन्छन्, यसको मतलब उनीहरुसँग जोडिएको ओलीको स्वार्थ र सोच बदलिएको भन्न मिल्दैन। परिणामतःस्वार्थ पूरा गरेपछि ओलीले पुरानै स्वाभाव देखाउन थाल्छन्। त्यसैले प्रचण्डले ओलीको ठाउँमा पुनः देउवाकै साथ रोजेका छन्। राष्ट्रपतिमा आफूलाई एमालेले समर्थन गर्ने भने पनि माधव नेपालले खासै चासो देखाएनन्।

यसरी एकै सैद्धान्तिक पृष्ठभूमिका ओलीलाई छोडेर प्रचण्ड र नेपालले देउवाको साथ रोज्नुको सार एउटै छ, ओलीले हिजोको दिनमा देखाएको अहंकार र हेपाहा प्रवृति। साथै, उनको चालबाजीले पनि फेल खाएको हो यसपालि। ओली आफूले गरेका बाचामा प्रतिवद्ध छैनन् भन्ने कुरामा प्रचण्ड र नेपाल दुवै जानकार छन्। यस्तो स्वाभावका ओलीलाई विश्वास गर्नु भनेको आफैंलाई अप्ठ्यारोमा पर्नु हो। यो ओलीप्रतिको अविश्वास हो। तर ओलीप्रतिको यस्तो अविश्वास रातारात विकास भएको हैन। लामो समयदेखि ओलीले देखाएको छल र हेपाहा प्रवृत्तिको परिणाम हो। 

प्रचण्डले प्रधानमन्त्री बन्नकै लागि ओलीको साथ लिनु हुन्थ्यो कि हुँदैनथ्यो? राजनीतिमा यसको चर्चा होला तर अनुपम नजिर भएर भने बस्ने छैन। नेताको स्वार्थको लागि राजनीतिमा दाउपेच सामान्य हो। मुख्य कुरा स्वाभाव र सोचको कुरा हो, जसमा अहिले सबैभन्दा बढी अविश्वासिलो ओली नै देखिएका छन्। 

प्रकाशित: Mar 05, 2023| 18:33 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...