शुक्रबार, वैशाख २६, २०८२

स्वतन्त्र सांसद जोशीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहलाई डडेल्धुराबाट निर्वाचित सांसद डा. तारा जोशीले विश्वासको मत दिने भएका छन्।
 |  आइतबार, फागुन २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

vianetvianet

डडेल्धुरा- सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहलाई डडेल्धुराबाट निर्वाचित सांसद डा. तारा जोशीले विश्वासको मत दिने भएका छन्। मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने तयारी गरिरहँदा जोशीले विश्वासको मत दिने बताएका हुन्। 

triton college

जोशी डडेल्धुराको प्रदेशसभा (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ।

 एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता शाहको नेतृत्वमा सरकार गठन भएको थियो।

माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रले पनि निर्देशन दिइसकेको छ। सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।

National life insurance

प्रकाशित: Mar 05, 2023| 12:30 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार