आइतबार, मंसिर २८, २०८२

बाजुराको बूढीनन्दा क्याम्पसमा तनाव, २४ राउन्ड हवाई फायर

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

National life
Laxmi sunrise bank
kumari

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत आज बाजुराको बूढीनन्दा क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ। झडपले हिंस्रक रुप लिन लागेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

झडपले उग्र रुप लिँदै गएपछि प्रहरीले अश्रुग्यास र २४ राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। हवाई फायरपछि मतदान अघि बढे पनि फेरि स्थगित भएको छ। नेविसंघसहित सत्ता गठबन्धनका विद्यार्थीहरूले खुकुरी देखाउँदै निर्वाचन भाँड्न खोजेको प्रहरीले बताएको छ। 

त्यहाँ ४ सय १२ मतदाता रहेकोमा २ सय ५३ मत खसेपछि मतदान रोकिएको हो। 

प्रकाशित: Mar 19, 2023| 17:03 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार