शुक्रबार, वैशाख २६, २०८२

सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस पढाउने

प्रतिविद्यार्थी प्रतिवर्ष १० लाख रूपैयाँका दरले ५ वर्षसम्म निरन्तर उक्त रकम प्रदान गरिनेछ।
 |  सोमबार, चैत १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

vianetvianet

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले ९ जना विद्यार्थीलाई एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने भएको छ।  सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै आवेदन दिन आह्वान गरेको छ। 

triton college

सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका दलित, आदिवासी, जनजाति, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिएको क्षेत्र र जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिइनेछ।

मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने ९ जनालाई छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ। प्रतिविद्यार्थी प्रतिवर्ष १० लाख रूपैयाँका दरले ५ वर्षसम्म निरन्तर उक्त रकम प्रदान गरिनेछ।

त्यसका लागि चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा पास भएको हुनुपर्नेछ। आवेदन २६ चैतसम्म दिन सकिनेछ।

प्रकाशित: Mar 27, 2023| 12:34 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार