शुक्रबार, वैशाख २६, २०८२

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
 |  आइतबार, फागुन २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

vianetvianet
triton college
National life insurance

धनगढी- नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ। संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरेन्द्र पालले जानकारी दिए।

२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो। सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन्।

सत्तारुढ गठबन्धनकै प्रमुख घटक माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले शक्ति बाँडफाँडमा लिखित सहमती मागेपछि शाह अप्ठ्यारोमा परेका छन्। माओवादी केन्द्रले मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमती नभएको अवस्थामा विश्वासको मत दिन नसकिने माओवादीले निर्णय गरेको छ।

प्रकाशित: Mar 05, 2023| 10:00 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार