शनिबार, कात्तिक २९, २०८२

सिनेमा हलमा छड्के २ र छक्कापञ्जा ४

छक्कापञ्जा ४ को निर्देशन हेमराज बिसीले गरेका हुन् भने छड्के २ को निर्देशन निगमले श्रेष्ठले गरेका हुन्। दुई चलचित्र शुक्रबारदेखि एकसाथ सिनेमा हलमा प्रदर्शनमा आएका हुन्।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

काठमाडौं– नेपाली चलचित्र छक्कापञ्जा ४ र छड्के २ शुक्रबारदेखि प्रदर्शनमा आएका छन्। 

National life

प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन्। ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृंखलालाई हेमराज बिसीले निर्देशन गरेका हुन्।

यसअघि अघिल्लो तीन शृंखला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन्। 

फिल्ममा अभिनेता गिरीसँगै केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनय रहेको छ। प्रदर्शनको पहिलो दिन नै चलचित्रले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ पाएको छ।

यसपटक यो शृंखलामा अभिनेता जीतु नेपाल भने छैन। यसले घरेलु बजार नेपालमा राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ। ‘मैले भन्ने शब्द केही छैन। हेर्ने दर्शकले दिइरहेको प्रतिक्रिया र मिहिनेतले सफलता पाएको आभास दिन्छ’, अभिनेता गिरीले भने।

Laxmi sunrise bank
kumari

यस्तै, अर्को चलचित्र छड्के २ प्रदर्शनमा आएको छ। यो ‘छड्के’ को दोस्रो शृंखला हो। यसमा अभिनेता अनमोल केसीलाएई फरक भूमिकामा देख्न सकिनेछ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टर’ को कथामा निर्माण भएको छ। यसमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय रहेको छ। 

प्रकाशित: Mar 04, 2023| 14:40 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्