आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगारसम्बन्धी विज्ञापन वेबसाइटमा अनिवार्य

वैदेशिक रोजगारसम्बन्धी विज्ञापन वेबसाइटमा अनिवार्य

वैदेशिक रोजगार व्यवसाय कम्पनी (म्यानपावर) ले वैदेशिक रोजगारसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा अनिवार्य राख्नुुपर्ने भएको छ।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

National life

काठमाडौं– वैदेशिक रोजगार व्यवसाय कम्पनी (म्यानपावर) ले वैदेशिक रोजगारसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा अनिवार्य राख्नुुपर्ने भएको छ।

वैदेशिक रोजगार विभागले यसअघि म्यानपावर कम्पनीले रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरे मात्रै हुनेमा अब भने आफ्नो वेबसाइटमा अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको हो। विभागले सूचना प्रकाशित गर्दै यस्तो बताएको हो।

विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘अटोअप्रुभ’ हुने व्यवस्था गरिएको छ। 
अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृतिबमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आ–आफ्नो संस्थाको वेबसाइटमा अनिवार्य राख्नुपर्नेछ। सरकारी अनुगमनका क्रममा त्यसो गरेको नपाइए कारबाही गरिने विभागले प्रस्ट पारेको छ।

प्रकाशित: Mar 04, 2023| 12:06 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्