वीरगञ्ज- काठमाण्डौंमा शुक्रबार सम्पन्न नेपाल चामल तेल दाल उद्योग सङ्घको अधिवेशन सहितको ४२ औं वार्षिक साधारणसभाबाट आगामी दुई वर्षको लागि सुबोधकुमार गुप्ता अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन परिणाम अनुसार प्रथम उपाध्यक्षमा राम थापा, द्वितीय उपाध्यक्ष नरेश राठी, महासचिवमा दीपककुमार पौडेल, उपमहासचिवमा धिरज गोल्छा, कोषाध्यक्षमा रतनलाल केडिया, सदस्यमा जगदीश अग्रवाल, मुक्ति अग्रवाल, दीपक सापकोटा, चिरञ्जीवी रिजाल, सुशान्त चाचान चयन भएका छन्। संघको सल्लाहकारमा चन्द कृष्ण कर्माचार्य, कुमुद कुमार दुगड, सतिशकुमार बोहरा चयन भएका छन्।
अध्यक्ष गुप्ता वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हुनुका साथै वीरगञ्ज अवस्थित मोहित ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४