आइतबार, जेठ ३, २०८३

इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर

 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

National life

काठमाडौं- इसेवाले ‘स्क्यान टु विन अफर’ सञ्चालनमा ल्याएको छ। यस अफर अन्तर्गत इसेवाको मोबाइल एप्स मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्नेछन्।

यसैगरी यस अफरमा हरेक हप्ता एक जनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। साथै १० जनाले एक हजारसम्मको पूर्ण क्यासब्याक सेवा प्राप्त गर्न सक्नेछन्।

यस उपहार योजनामा सहभागी हुनका लागि इसेवा मोबाइल एप्स मार्फत क्यूआर स्क्यान पे गर्नुपर्नेछ। साप्ताहित पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टा भित्र सोही रकम प्राप्त गर्न सक्नेछन्। यसैगरी रेडमी वाच २ लाइट स्मार्ट वाचका विजेताको पनि हरेक बिहीबार घोषणा गरिने बताइएको छ। यसैगरी ग्राण्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिनेछ।
 

प्रकाशित: Mar 03, 2023| 18:25 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्