आइतबार, जेठ ३, २०८३

लिटरमा २० रुपैयाँ बढ्यो दूधको मूल्य

 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

National life

काठमाडौं- सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो।

किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा भएको छ। किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो। यसको भार सिधै उपभोक्तामा पर्नेछ।

अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ। सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ। अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ।

प्रकाशित: Mar 03, 2023| 18:20 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्