शुक्रबार, वैशाख ७, २०८१

प्रादेशिक आयुर्वेद चित्सिालय धनगढीमा बढ्दै सेवा ग्राही

प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक बमले हरेक पालिकामा आयुर्वेद औषधीको शाखा विस्तार गर्ने योजना रहेको बताए।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

धनगढी- धनगढी–१३ राजपुरमा ५ महिना अघिदेखि सञ्चालनमा आएको ५० शैय्याको प्रादेशिक आयुर्वेद औषधालयमा सेवा ग्राहीको चाप बढ्न थालेपछि स्वास्थ्यकर्मी तथा सञ्चालक समिति उत्साहित बनेका छन्।

triton college

आयुर्वेद औषधी प्रणालीमा नागरिकको विश्वास घट्न थालेका बेला प्रादेशिक आयुर्वेद चिकित्सालयमा बढ्नथालेको सेवा ग्राहीको चापले स्वास्थ्यकर्मी उत्साहित बनेका हुन्। 

‘आयुर्वेदिक औषधी पद्धति एलोपेथिक औषधीको तुलनामा धेरै प्रभावकारी भए पनि नागरिकमा त्यस प्रतिको आकर्षण घट्न थालेको थियो,’ प्रादेशिक आयुर्वेदि चिकित्सालयका निमित्त निर्देशक डा.खगेन्द्र बमले भने, ‘तर प्रादेशिक चिकित्सालयमा उपचारका लागि दैनिक आउने विरामीको संख्याले हामी उत्साहित भएका छौं, यसले हामीमा काम गर्ने हौसला पनि बढेको छ।’

अस्पताल सञ्चालन भएको ४ महिना पुरा नहुँदै उपचार गर्न आउने बिरामीको संख्या दैनिक एक सय ५० देखि दुई सयसम्म पुग्ने गरेको निमित्त निर्देशक बमले बताए। 

उनका अनुसार अस्पतालमा ग्यास्ट्रिक, बाथ रोग, महिला सम्बन्धी स्वास्थ्य समस्या, पायल्स, फिस्टुला, फिसर जस्ता रोगी उपचारका लागि अस्पताल आउने गरेका छन्। ती रोगिलाई नि:शुल्क औषधी प्रदान गरिने स्वास्थ्य चेकजाँच गरिने र स्वास्थ्य सम्बन्धी परामर्श दिने गरिएको छ।

corrent noodles
Metro Mart

हाल अस्पतालमा बिरामी चेकजाँच, ल्याव परीक्षण, पञ्चकर्म तथा पूर्व कर्म सेवा हरेक बिहान योग शिविर, थेरापि सेवा प्रदान गरिँदै आएको छ।

निकट भविश्यमै अस्पतालमा अन्तरंग सेवा, एक्सरे, भिडियो एक्सरे सेवा, फिजियो थेरापी, एकुपेन्चर सेवा तथा जीवनशैली परामर्श सेवा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको निमित्त निर्देशक बमले बताए। 

प्रादेशि अस्पतालमा हाल ५ जना आयुर्वेदिक चिकित्सकले सेवा दिँदै आएका छन्। अस्पताल विकास बोर्डका अध्यक्ष नरेश विष्टले अहिलेको अवस्थामा बिरामीको उपचारका लागि प्रयाप्त जनशत्ति उपलब्ध भएको बताए। 

तर बिरामीको चाप बढ्दै जाँदा औषधीको सहज प्रयाप्तता गर्न भने केही चुनौति थपिएको अध्यक्ष विष्टले बताए। ‘औषधीको सहज पहुँचका लागि पहल भइरहेको छ,’ अध्यक्ष विष्टले भने, ‘हामीले सोचेभन्दा बढी बिरामी आउन थालेपछि यो समस्या निम्तिएको हो, तर यो ठूलो समस्या होइन औषधीको प्रयाप्तताका लागि छिट्टै व्यवस्थापन हुने छ।’

प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक बमले हरेक पालिकामा आयुर्वेद औषधीको शाखा विस्तार गर्ने योजना रहेको बताए। हाल सुदूरपश्चिमका ८८ वटा पालिका मध्य १८ पालिकामा आयुर्वेदिक औषधालय स्थापना हुन नसकेको उनले बताए। आयुवेर्दिक औषधीका लागि सहज पहुँच नभएका कारण पनि नागरिकलाई एलोपेथिक औषधिमा भर पर्नुपर्ने अवस्था रहेको उनले बताए।

प्रकाशित: Mar 03, 2023| 17:38 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार