बिहीबार, फागुन २८, २०८२

एसईईको रजिस्ट्रेसन फाराम खुल्यो 

शुक्रबारदेखि खुलाइएको फाराम चैत मसान्तसम्म नियमित शुल्क र १७ वैशाख२ ०८० सम्म दोब्बर शुल्क तिरेर भर्न/भराउन सकिनेछ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुलाएको छ।

National life

कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी भर्न/भराउन आग्रह गरेको छ।

‘विद्यालयहरुले अध्ययनरत विद्यार्थीको नाम, थर, जन्ममिति, आमाबाबुको नाम ठीकसँग भरे/नभरेको रुजु गर्ने/गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने,’ कार्यालयले भनेको छ।

धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमाबाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराइएको बोर्डले बताएको हो।

शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृत/वेदविद्याश्रम/गुरुकुल/मदर्सा/गोन्पा) र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीले २०८० को नियमित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन फाराम भर्नुपर्नेछ।

Laxmi sunrise bank
kumari

शुक्रबारदेखि खुलेको फाराम चैत मसान्तसम्म नियमित शुल्क र १७ वैशाख२०८० सम्म दोब्बर शुल्कमा भर्न/भराउन सकिनेछ।

पनिकाका अनुसार अक्षरांकन पद्धतिबाट कक्षा ८ पूरा गरेको वा सोसरहको वार्षिक परीक्षामा उत्तीर्ण भएकाले फाराम भर्न सक्नेछन्।

२०७२ देखि २०७७ सम्मका विद्यार्थीले अनिवार्य विषयमा न्यूनतम डीप्लस ग्रेड र २०७८ मा न्यूनतम डी ग्रेड प्राप्त गरेको ग्रेटसिट र जन्मदर्ता प्रमाणपत्र बुझाउनुपर्नेछ।
 

प्रकाशित: Mar 03, 2023| 11:52 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्