काठमाडौं- नेपालको निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलको सेवामा समस्या उत्पन्न भएको छ।
सेवामा शुक्रबार बिहान छ बजेदेखि नै समस्या आएको जनाइएको छ। यसअघि कुनै समस्या आउँदा ग्राहकलार्इ जानकारी गराउने भएपनि यसपटक भने बिना जानकारी सेवा अवरोध गरेको छ।
एनसेलबाट कुनै ठाउँमा फोन गर्दा फोन नलाग्ने, इन्टरनेट नचल्ने तथा एसएमएससमेत नजाने समस्या देखिएको छ।
एनसेलको उक्त नेटवर्कको समस्या समाधानका लागि पहल भइरहेकोसमेत जानकारी गराएको छ।
एनसेलले सार्वजनिक गरेको सन् २०१७ को रिपोर्ट अनुसार कुल ग्राहक संख्या एक करोड ६४ लाख छ। एनसेलको नेटवर्कले काम नगर्दा शुक्रबार बिहानैदेखि ग्राहकहरु आक्रोशित बनेका छन्। यसअघि पनि विभिन्न एप्लिकेसनहरु अटो एक्टिभेट गरी ब्यालेन्स कटौती गर्नेजस्ता समस्या देखा परेका थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४