मंगलबार, वैशाख ३०, २०८२

सर्लाहीका विद्यालयलाई शिक्षक अभाव

जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी आवश्यक पर्छ। तर यहाँ दरबन्दीमा कार्यरत शिक्षकको सङ्ख्या दुई हजार तीन सय ८८ मात्र छ। 
 |  बिहीबार, फागुन १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

vianetvianet

सर्लाही- सर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ।

triton college

जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी आवश्यक पर्छ। तर यहाँ दरबन्दीमा कार्यरत शिक्षकको सङ्ख्या दुई हजार तीन सय ८८ मात्र छ। 

जिल्लामा दरबन्दीअनुसार अझै दुई हजार नौ सय ३९ शिक्षक आवश्यक भएको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए। जिल्लामा दुई सय ५० प्रावि तहका संस्थागत विद्यालय, ४१ आधारभूत तहका संस्थागत र ४५ माध्यमिक तहका संस्थागत विद्यालय छन्। जिल्लामा ८६ परम्परागत विद्यालय रहेका कुशवाह बताउछन्। जिल्लामा दुई लाख ३४ हजार एक सय ६३ विद्यार्थी अध्ययनरत छन्।

‘विद्यार्थी सङ्ख्याको अनुपातमा विभिन्न तहमा शिक्षक दरबन्दी अभाव रहेको छ’, उनले भने, ‘विसं २०५७ देखि स्वीकृत शिक्षक दरबन्दी तथा विसं २०६७ देखि शिक्षक अनुदान कोटा (राहत) थपिएको छैन।’

जिल्लाका चार सय ५१ सामुदायिक विद्यालयमध्ये एक सय २६ विद्यालयमा हालसम्म एउटा पनि बालविकास केन्द्र नरहेको कुशवाहले जानकारी दिए। 

National life insurance

यसैगरी जिल्लामा दुई सय ९७ प्राथमिक तहका सामुदायिक विद्यालयमध्ये ३६ विद्यालय, ५६ आधारभूत तहका सामुदायिक विद्यालयमध्ये ३० तथा ९८ माध्यमिक तहका सामुदायिक विद्यालयमध्ये १९ वटामा तहगत दरबन्दी नरहेको उनले बताए। 

पदपूर्ति नहुँदा सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रवाह गर्न पनि कठिनाइ भएको गुनासो आउने गरेको प्राविधिक सहायक कुशवाह बताउछन्।

जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा पनि पठनपाठनमा समस्या हुने गरेको छ।

प्रकाशित: Mar 02, 2023| 21:15 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्