बिहीबार, वैशाख १३, २०८१

पर्यटक भित्र्याउन सके सुदूरको विकास सम्भव : मुख्यमन्त्री शाह

दूरपश्चिमका प्राकृतिक सम्पदा र निकुञ्जको अवलोकनको द्वार खोलेर पर्यटक भित्र्याउन सके पर्यटन विकासका माध्यमबाट प्रदेशको विकास गर्न सकिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताए।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

धनगढी- सुदूरपश्चिमका प्राकृतिक सम्पदा र निकुञ्जको अवलोकनको द्वार खोलेर पर्यटक भित्र्याउन सके पर्यटन विकासका माध्यमबाट प्रदेशको विकास गर्न सकिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताए।

triton college

शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जको दोस्रो प्रवेश द्वारको उद्घाटन गर्न बुधबार कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित बेलडाँडी पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले शुक्लाफाँटाका वन्यजन्तु र वन सम्पदाको अवलोकनका लागि सहज गर्न सके आन्तरिक र बाह्य पर्यटन भित्र्याउन सकिने बताए। उनले यसले समग्र प्रदेशमा पर्यटन विकास हुने भएकाले प्रदेश सरकारबाट पहल गरिने बताए।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाको पहलमा पर्यटकका लागि खोलिएको शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्ज अवलोकन ट्र्याक मार्गको उद्घाटनका क्रममा मुख्यमन्त्री शाहले भने 'शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जका वन्यजन्तुको अवलोकन गर्न कैलाली देखि छोटो दुरीमा रहेको यो क्षेत्रमा खुलेको प्रवेश मार्गले यस क्षेत्रकै मात्र नभएर समग्र प्रदेशको बिकासमा सहायक हुनेछ।'

प्रदेशको राजधानी धनगढी देखि करिब ४५ किमिको दुरीमा अबस्थित बेलडाँडी मार्गबाट शुक्लाफाँटाको अवलोकनको अबसर जुटाउन पहल कदमी गर्ने गाउँ पालिकाका जनप्रतिनिधि धन्यवादका पात्र रहेको मुख्य मन्त्री शाहले बताए।

प्रकाशित: Mar 02, 2023| 12:38 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार