बिहीबार, कात्तिक २७, २०८२

ट्रेलरमा यस्तो देखियो सुरक्षा स्टारर 'बहाव'

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनीत फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी २४ चैतबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।

National life

प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको ट्रेलरमा अभिनेत्री सुरक्षा प्रेमी, विद्रोही र पागलपनको भावमा देखिएकी छन्। काम र विदेश जानुभन्दा पनि क्रान्ति गर्ने सोच सुरक्षामा देखाइएको छ। ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय फिल्मले बनाएको अनुमान गर्न सकिन्छ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा अभिनेत्री सुरक्षाले फिल्ममा जोडिनु आफैँका लागि सुखद क्षण भएको बताइन्। ‘कुनै फिल्म आउँछन्, जान्छन्, तर यो फिल्मका लागि मेरो बुझाई फरक छ। किनकि यस्तो फिल्म दर्शकमाझ आउनुपर्छ’, सुरक्षाले भनिन्, ‘बहाव परिवार भित्रको विद्रोहको कथा हो। यसले नेपालको अधिकांश परिवारको कथा भन्छ।’ 

लेखक तथा निर्देशक कँडेलले लकडाउनको बेलामा ‘बहाव’ लेखिएको बताए। ‘यो फिल्मसँग जोडिएका घटना, किस्सा धेरै छन्। तर जुन कथा मैले लेखेँ, त्यसमा निर्माता श्रीधर पौडेल सहमत हुनु मेरा लागि ठुलो उपलब्धि थियो’ कँडेलले थपे।

निर्माता श्रीधर पौडेलले निर्देशक कँडेलको कथाबाट प्रभावित भएपछि आफूले लगानी गरेको सुनाए।अभिनेता पवन श्रेष्ठले आफ्ना लागि ‘बहाव’ मार्फत व्यावसायिक कलाकारसँग काम गर्न पाउँदा खुसी लागेको बताए।

Laxmi sunrise bank
kumari

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ। सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउन्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ। फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ।
 

प्रकाशित: Mar 01, 2023| 22:00 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्