आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकले ललितपुरमा उद्घाटन गर्‍यो सोलार बस स्ट्यान्ड 

एभरेष्ट बैंकले ललितपुरमा उद्घाटन गर्‍यो सोलार बस स्ट्यान्ड 

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- एभरेष्ट बैंकले ललितपुर महानगरपालिका वडा नं. ३ को टौखेलमा सोलार बस स्ट्यान्डको उद्घाटन गरेको छ। बैंकले एक कार्यक्रमका बिच सो वडा सँगको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्ट्यान्डको उद्घाटन गरेको हो।

National life

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त बस स्ट्यान्डको निर्माण गरेको बताएको छ।  सो सोलार बस स्टयान्डको उदघाटन ललितपुर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सानु राज घिमिरे र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका छन्। 

सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक गौरव कुमारका साथै बजार तथा संस्थागत निक्षेप विभाग प्रमुखपुष्प राज उप्रेती, बैंकका टौखेल शाखाका शाखा प्रबन्धक प्रितम कमचार्य लगायत अन्य विशिष्ट व्याक्तिहरुको उपस्थिति रहेको थियो। 

सो उद्घाटन समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले नवनिर्मित सोलार बस स्टयान्डले ललितपुर महानगरपालिका वडा नं. ३ टौखलका स्थानिय बासन्दालाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकसित गर्न उक्त बस स्टयान्डले थप मद्दत गर्ने कुराको विश्वास व्यक्त गरे।

यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकहरू रहेका छन्। बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट सेवा प्रदान गर्दै आइरहेको छ।
 

प्रकाशित: Mar 01, 2023| 21:00 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्