आइतबार, जेठ ३, २०८३

आइएमई पेले थप गर्‍यो 'पे विथ लिंक बैंक' सुविधा  

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ। यो  सुविधा अन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरी आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछन्।  

National life

यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरे बापत १०० रुपैयाँ र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यास ब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था  मिलाइएको कम्पनीले बताएको छ। 

टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्युआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २५० रुपैयाँदेखि सात सयसम्मको क्यासब्याक बैंक लिंक गरी कारोबार गर्दा प्राप्त हुनेछ।

थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्दछ भने ठूलो रकमको भुक्तानीमा पनि सिधै पे विथ लिंक बैंक छनोट गरी भुक्तान गर्न सकिने कम्पनीको भनाइ छ। 
 

प्रकाशित: Mar 01, 2023| 19:30 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्