आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुजुकीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्स नियुक्त

सुजुकीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्स नियुक्त

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्ग्सले आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ। 

National life

ग्राहकहरूलाई विश्वस्तरीय सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ काठमाडौँको नक्सालमा कम्पनीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरिएको हो। सवारी साधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नुनै सीजी नेक्स्टजेन च्यानलको बेन्चमार्क पनि भएको बताइएको छ।  ग्राहकहरूलाई सहज र झन्झटमुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाईन गरिएको कम्पनीले जनाएको छ। 

सीजी नेक्स्टजेन मार्फत सुजुकी व्राण्डका प्रिमियम गाडीहरू उपलब्ध हुनेछन् भने ग्राहकवर्गहरुले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउनेछन्। यही विश्वासको साथ नक्सालस्थित स्टेट अफ द आर्ट शोरुमबाट ग्राहकहरुले सुजुकीको ग्राण्ड भिस्तारालगायतका प्रिमियम गाडीहरू  खरिद गर्न सकिनेछ।  शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुबिधा एउटै छानाबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ।  

नक्साल स्थित स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सीजी होल्डिङ्ग्सका अध्यक्ष तथा  प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपाल प्रसाद शिरोहियाले संयुक्त रूपमा गरे।

प्रकाशित: Mar 01, 2023| 16:29 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्