शनिबार, भदौ १३, २०८३

दुई वटा रेल एकापसमा ठोक्किंदा ३२ जनाको ज्यान गयो

ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किंदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

एथेन्स- ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किंदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ।

ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मंगलबार साँझ तीन सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएका ग्रीसको फायर सर्भिसले जनाएको छ।

उद्दारको प्रयास जारी छ र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ग्रिसमा रेल दुर्घटनामा परी ३२ जनाको ज्यान गएको छ। मंगलबार भएको सो दुर्घटनामा परी ३२ जनाको मृत्यु हुनुको साथै अन्य ८५ घाइते भएका ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन्।

दुई रेलहरू बीचको टक्करको गम्भीरताका कारण क्रेन बोक्ने सवारीहरूले निकाल्ने काममा सहयोग गरिरहेका फायर ब्रिगेडले एक विज्ञप्तिमा जानकारी दिइएको छ। ग्रीक फायर सर्भिसका प्रवक्ता भासिलिस वार्थाकोगियानिसले एक सय ९४ यात्रुलाई सुरक्षित रूपमा थेसालोनिकी लगिएको सीएनएनले जनाएको छ।  -एएनआई
 

प्रकाशित: Mar 01, 2023| 15:01 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।