शुक्रबार, वैशाख १४, २०८१

बागमतीमा मुख्यमन्त्री दाबी गर्न सक्छ कांग्रेस

एमाले सरकारबाट बाहिरिने निर्णयसँगै बागमती प्रदेश सरकारमा माओवादी एक्लो भएको हो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं– संघीय सरकारबाट एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता बोलाएपछि केन्द्रदेखि प्रदेशसम्मै राजनीतिक समीकरणका जोडघटाउ सुरु भएका छन्।
केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेजस्तो बागमती प्रदेशमा पनि एमाले सहयोगबाट मुख्यमन्त्री बनेका माओवादी नेता शालिकराम जम्मकट्टेलको सरकार अल्पमतमा परेको छ।
२५ पुसमा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार गठन भएको थियो। भागबन्डाअनुसार प्रदेश सरकारको नेतृत्व गर्ने अवसर माओवादी केन्द्रका नेता जम्मकट्टेलले पाएका थिए। 
एमाले सरकारबाट बाहिरिने निर्णयसँगै बागमती प्रदेश सरकारमा माओवादी एक्लो भएको हो।
एमाले, माओवादी र राप्रपा मिलेर गठन भएको बागमती प्रदेशबाट यसअघि नै शनिबार राप्रपाले तीन मन्त्री फिर्ता र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ।
२५ पुसमा राप्रपालाई सभामुख, उपसभामुख एमालेलाई र माओवादीले भागबन्डामा मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएका थिए। एमालेले ४ र राप्रपाले ३ मन्त्रालय पाएका थिए। सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरि र  प्रधानमन्त्रीलाई दिँदै आएको समर्थनसमेत फिर्ता लिनेको निर्णय गरेको हो।
जम्मकट्टेल ७० सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन थियो।
११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न ५६ सांसद आवश्यक हुन्छ। एमाले सरकारबाट बाहिरिएसँगै बागमतीमा सबैभन्दा ठूलो कांग्रेससँग ३७ सभासद् छन्। 
२१ सिट रहेको माओवादीले कांग्रेससँग गठबन्धन गरे सरकारको नेतृत्वका विषयमा किचलो हुन सक्छ। एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्मकट्टेललाई हाल ३० सांसदको मात्रै समर्थन रहेको छ। यद्यपि माओवादीले कांग्रेससँग गठबन्धन गरेर मुख्यमन्त्रीमा जम्मकट्टेललाई यथावत् गर्न सहमति जुटाउन सक्छ।

प्रकाशित: Feb 27, 2023| 14:57 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...