आइतबार, कात्तिक ८, २०८३

सिंहदरबारकै क्यान्टिनमा भेटियो कैफियत

सिंहदबारभित्र केन्द्रीय क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेनागृहका  सञ्चालक उत्तम भट्टलाई विभागको तिरायो ३ लाख जरिमाना।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं– मुलुकको मुख्य प्रशासनिक अड्डा सिंहदरबार परिसरभित्रै केन्द्रीय क्यान्टिनमा अस्वस्थकर खानेकुरा पकाइन्छ भने बाहिरको हालत कस्तो होला? 

आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबार परिसरमा रहेको क्यान्टिमा आकस्मिक अनुगमन गर्दा दूषित खाद्यजन्य पदार्थ भेटिएको हो।

विभागको बजार निरीक्षण अधिकृतको टोलीले अनुगमन गर्दा क्यान्टिनमा अवधि सकिएका तथा लेबल नभएका मसला र दुग्धजन्य पदार्थ भेटिएका छन्। दुर्गन्धित मासु र तरकारीसमेत फेला परेपछि टोलीले सबै वस्तु जफत गरेर नष्ट गरेको विभागले जनाएको छ।

क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेनागृह र सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेका देखिएकाले ३ लाख जरिमाना गरिएको विभागले बताएको छ।
 

प्रकाशित: Feb 27, 2023| 11:05 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।