बुधबार, मंसिर ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल

जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताएका छन्।
 |  आइतबार, फागुन १४, २०७९

रासस

रासस

आइतबार, फागुन १४, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताएका छन्।

National life

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका तथा बेपत्ताका परिवारसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनमा योगदान दिएकाले उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको बताए।

“आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो। २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ,” प्रधानमन्त्री दाहालले भने, “त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारीमा छ।”

सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए। उनले भने, “सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ। यो छिट्टै टुङ्गोमा पुग्छ।”

सरकारले यही फागुन १ गते ‘जनयुद्ध’को स्मरणमा सार्वजनिक बिदा दिएको थियो। नेकपा (माओवादी केन्द्र) ले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी शहीद सप्ताह मनाउने तयारी गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 26, 2023| 12:35 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...