मंगलबार, साउन ५, २०८३

शिवमले  ट्याक्सी चालकलाई दियो ज्याकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाण्डौं- नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौंको ट्याक्सी चालकहरुको लागि पहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको छ।

नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउदा ज्याकेट अनिवार्य गराएको थियो। उक्त कार्यलाई सहज बनाउने अभिप्रायले शिवम सिमेन्टले पहिलो चरण अन्तर्गत ट्याक्सीलाई विजया दशमीको शुभकामनासहित एभरेष्ट क्याब सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरी ट्याक्सीचालक ज्याकेट हस्तान्तरण गरेको थियो।

उक्त कार्यक्रममा कालो पुल वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीकातर्फबाट सिनियर ब्रान्ड म्यानेजर केशव अर्यालले संयूक्त रुपमा ट्याक्सी चालकलार्इ ज्याकेट हस्तान्तरण गरेका हुन्।

आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि शिवम् सिमेन्टस् लिमिटेडले समय-समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गाँउपालिकामार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्यचौकी संचालनमा सहयोग, एम्बुलेन्स हस्तान्तरण, वातावरण व्यस्थापनएवम् वृक्षारोपण, सरसफाई जस्ता विभिन्नकार्यक्रमहरु गर्दै आएको थियो। सोहीक्रमको निरन्तरता स्वरुपविजयादशमीको अवसर पारीशिवमसिमेन्टस् लि. ले उक्तचालकज्याकेट हस्तान्तरण गरेको थियो।

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिकविश्वास गरिएको र रुचाइएकोअसलीइएऋसिमेन्ट हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिकजर्मन प्रविधीउक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्