मंगलबार, साउन ५, २०८३

विद्यालयलार्इ ग्लोबलको कम्प्युटर सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  ग्लोबल आइएमई बैंक लिमिठेडले आफ्नो सामाजिक उत्तरदायित्व अर्न्तगत रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका- ६ स्थित गोसाँईकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ। 

रसुवाको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्धेश्यले बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले गोसाँईकुण्ड माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणराज पौडेललाई ५ थान कम्प्युटर हस्तान्तरण गरेका हुन्।

शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यका साथ बैंकले कम्प्युटरहरु सहयोग स्वरुप हस्तान्तरण गरेको हो। ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ। 

बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुँईचालोलगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ। 

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले १३२ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३८ एटिएम, १०३ वटा शाखारहित बैंकिङ सेवा तीन प्रतिनिधि/सर्म्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्