मंगलबार, साउन ५, २०८३

अरबमा नेपाली महिलाको दुःख ‘खदामा’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
झापा- परिवर्तन थिएटरले असोज २० देखि २८ सम्म ‘खदामा’ नामक नाटक मञ्चन गर्ने भएको छ।

अरबमा काम गर्ने नेपाली घरेलु महिलाको दुःखको कथा हो, उक्त नाटक। त्यसमा हजारौं नेपाली महिला कामदारहरूको कथा समेटिएको छ। वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक पुगेका महिला कामदारहरू दलाल र मालिकहरूबाट कसरी शोषणमा पर्छन् भन्ने विषय नाटकमा समेटिएको छ।

उक्त नाटक पत्रकार पर्वत पोर्तेलले लेखेका हुन्। निर्देशन भने युवा रंगकर्मी गणेश बस्नेतले गरेका छन्। नाटकमा निर्देशक बस्नेतसहित अनुजा अधिकारी, कविता नेपाल, लीला बिष्ट, दिनेश राजवंशी, पूजा आचार्य, लोमश पौडेल, विमला चिमरिया, दिवेश लामिछाने, अभिशेष गड्तौला र प्रतीक्षा आचार्यको अभिनय रहनेछ।

संस्थाका अध्यक्ष कविता नेपालका अनुसार करिब एक घण्टा लामो यो नाटक दैनिक २ वटा सो देखाइनेछ। सीमावर्ती शहरमा नाटक हेर्ने संस्कार र संस्कृतिको अभाव लामो समयदेखि खड्किएको थियो। त्यही खाँचोलाई पूर्ति गर्ने उद्देश्यले परिवर्तन थिएटर जन्मिएको हो। ‘नाटक हेर्ने संस्कारको विकास गर्ने हाम्रो उद्देश्य हो,’ अध्यक्ष नेपालले भनिन्।

परिवर्तनले विगत सात महिनादेखि अस्थायी नाटक घर निर्माण गरेर नाटक हेर्ने संस्कार शुरु गरेको छ। यो अवधिमा सुनामी, राजाको नयाँ लुगा, उन्यू, बस स्टपजस्ता नाटकहरू प्रदर्शन भइसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।