मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चिनीको मूल्य वृद्धिको वास्तविकता पत्ता लगाउन समिति गठन

चिनीको मूल्य वृद्धिको वास्तविकता पत्ता लगाउन समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–सार्वजनिक लेखा समितिले पछिल्लो समय बजारमा चिनीको मूल्य बढेको कारण चौतर्फी आलोचना भएको भन्दै सांसद लेख राज भट्टको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदिय, सार्वजनिक लेखा समितिको  वैठकले सांसद लेख राज भट्टको संयोजकत्वमा सांसद प्रेमबहादुर आले, चन्दा चौधरी लगायत पाँच सदस्सीय उप–समिति गठन गरेको छ ।

उपसमितिले सात दिनभित्रमा हाल आकाशिएको मुख्य गरी चिनी साथै दाल, मैदा, दुध लगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तु, तथा सामाग्रीको  भाउ बढ्नुको वास्तविका पक्ता लगाउने भएको छ ।

सात दिनभित्र प्रतिवेदन आउने

गठन गरिएको उपसमितिले मूल्यवृद्धिको वास्तविकता पत्ता लगाइ आगामी सात दिनभित्रमा प्रतिवेदन समितिमा पेश गर्ने छन् ।

उपसमितिलाई सम्बन्धीत निकाय तथा सरोकारवलाहरुसँग छलफल, क्रिया–अन्तरक्रिया, वैठक बस्न सम्पूर्ण अधिकार दिइएको लेखा समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

साथै वैठकले सरकारलाई सरकार र व्यवसायीहरुबीच भएको चिनीको मूल्य सम्बन्धी सम्झौता कायम गर्न र यीबाहेक बजारमा दाल, लगायतमा भएको मूल्यवृद्धिलाई कडाईका साथ नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । 
  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्