सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेसमा फुसको छानो विस्थापित अभियान: वर्षदिनमा एक हजार सुरक्षित घर बनाइयो

मधेसमा फुसको छानो विस्थापित अभियान: वर्षदिनमा एक हजार सुरक्षित घर बनाइयो

फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

फुसको छानो हटाउने अभियानअन्तर्गत पछिल्लो एक वर्षको अवधिमा मधेस प्रदेशका तीन जिल्लामा जस्तापातासहितका एक हजार ४७ सुरक्षित घर बनाइएको छ। फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो।

National life

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा रौतहट, बारा र पर्साका विभिन्न बस्तीमा रहेका एक हजार ४७ घरबाट फुसको छानोलाई विस्थापित गरी जस्तापातासहितको सुरक्षित घर बनाइएको हो। विभिन्न चुनौतीहरूको बाबजुद रौतहटमा एक सय नौवटा, बारामा दुई ५४ र पर्सामा छ सय ८४ गरी एक हजार ४७ घरबाट फुसको छानो विस्थापित गरी जस्तापाताको छानो हालेर सुरक्षित आवास बनाइएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख झपटबहादुर थापाले जानकारी दिए।

यस्तै बारामा दुई ४३ वटा र पर्सामा तीन सय ४१  घरबाट फुसको छानो विस्थापित गर्ने कार्य अन्तिम चरणमा पुगेको र छिट्टै नै सम्पन्न गरी हस्तान्तरण गरिने प्रमुख थापाको भनाइ छ। उनका अनुसार रौतहटमा तीन हजार नौ सय ५७, बारामा तीन हजार चार सय २१ र पर्सामा तीन हजार आठ सय ५१  गरी ११ हजार दुई सय २९ घरबाट फुसको छानो हटाउने स्वीकृत भएकामा हालसम्म रौतहटमा तीन हजार दुई सय २०, बारामा दुई हजार छ सय २२ र पर्सामा तीन हजार छ सय ४७ गरी नौ हजार चार सय ८९ आवासको सम्झौता भई काम भइरहेको छ।

सम्झौता भएकामध्ये रौतहटमा दुई सय १५, बारामा एक हजार पाँच र पर्सामा एक हजार आठ सय १६ गरी तीन हजार ३६ वटा आवासका लागि पहिलो किस्ता निकासा दिएको प्रमुख थापाले बताए। बर्सेनि हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि जस्तापातासहितको सुरक्षित घर बनाउँदै आएको प्रमुख थापाको भनाइ छ। 

प्रत्येक घरका लागि रु ५० हजार रकम छुट्याइएको छ। लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप २० हजार निकास दिने व्यवस्था छ। सो कार्यक्रममा कुनै खास लक्षित वर्ग वा जात विशेषलाई नभई फुसको छानो भएका सबै परिवारलाई समेटिएको प्रमुख थापाको कथन छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 21, 2023| 11:42 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।