बिहीबार, असोज ११, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • विश्वासको मत नपाउँदै सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- सरकार ५ वर्ष चल्छ

विश्वासको मत नपाउँदै सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- सरकार ५ वर्ष चल्छ

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री शाहले जसको र जसरी भए पनि सुदूरपश्चिम प्रदेश सरकार निरन्तर रहने र मध्यावधि निर्वाचन नहुने दाबी गरे।
 |  सोमबार, फागुन ८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम सरकार ५ वर्ष नै चल्ने दाबी गरेका छन्। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री शाहले जसको र जसरी भए पनि सुदूरपश्चिम प्रदेश सरकार निरन्तर रहने र मध्यावधि निर्वाचन नहुने दाबी गरे।

sagarmatha cement

उनले भने, ‘एक्लै कुनै दलसँग पनि बहुमत छैन। यो सरकार ५ वर्ष टिक्नुपर्छ भनेर हामीले दलहरूसँग पनि छलफल गरिरहेका छौं। सुदूरपश्चिममा मध्यावधि चुनाव हुँदैन, यही सरकार पाँच वर्ष चल्छ।’

मुख्यमन्त्री शाहले अहिलेको अवस्थामा कुनै पनि दलको बहुमत नभए पनि मिलेरै सरकार चलाउने र जनताले निर्वाचनमा जान नचाहेको बताए। ‘निर्वाचन भएको जम्मा ४ महिना भएको छ, फेरि चुनावमा गए जनताले लखेट्छन्,’ उनले भने।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्‌को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका छन्। उनले फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ।  

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारूढ पक्षसँग अहिले २३ सांसद छन्। सरकार टिकाउन कांग्रेसलाई नागरिक उन्मुक्ति पार्टीको भर चाहिएको छ। 

प्रकाशित: Feb 20, 2023| 11:34 सोमबार, फागुन ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।