प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन्।
आयुर्वेद उपचार पद्धति सरकारी प्राथमिकतामा छ भनिन्छ। तर नयाँ आयुर्वेदिक औषधालय खुल्न सकेका छैनन् भने सञ्चालनमा रहेका औषधालयमा पनि बजेट, जनशक्ति र आवश्यक संरचना अभाव छ।
समाजमा व्याप्त लैंगिक धारणका कारण घरेलु हिंंसाका शिकार पुरुष यससम्बन्धी गुनासो गर्न लज्जा बोध गर्छन्। यस्तो अवस्थामा उनीहरुले बाह्य मद्दत पाउने कुरा असम्भव जस्तै हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको किमाथाङ्का प्रस्थान गरेका छन्। बिहान साढे ९ बजे प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन्।