सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तापक्रम माइनस २ डिग्रीमा झरेपछि हुम्लाको सिमा प्रहरी टोली सदरमुकाम फर्कियो

तापक्रम माइनस २ डिग्रीमा झरेपछि हुम्लाको सिमा प्रहरी टोली सदरमुकाम फर्कियो

मंसिर नलाग्दै तापक्रम माइनस २ डिग्रीभन्दा तल झरेपछि हुम्लाको उत्तरी नाकामा रहेको सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ। 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

हुम्ला- मंसिर नलाग्दै तापक्रम माइनस २ डिग्रीभन्दा तल झरेपछि हुम्लाको उत्तरी नाकामा रहेको सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ। 

नाम्खा गाउँपालिका वडा नम्बर ६ को सुनखानीमा रहेको प्रहरी चौकी सदरमुकाम फिर्ता भएको हो । 

चिसो अत्यधिक बढेपछि सीमा सुरक्षाका लागी खटिएका प्रहरी सदरमुकाम फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। 

 करिब २३ प्रहरीको दरवन्दी भएपनि उक्त चौकीमा हाल सात जना बस्दै आएको र सबै सिमकोट फिर्ता भएको जनाइएको छ।

मंसिर नलाग्दै तापक्रम माइनस दुई डिग्री भन्दा कम भएपछि चिसोका कारण फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले नेपाल समयलाई जानकारी दिए । 

उनका अनुसार हिल्सा नाकाको प्रहरी टोली पनि केहि दिनमा फर्किने भएको छ। अत्याधिक चिसोका कारण बस्न नसक्ने अबस्था भएपछि प्रहरी टोली फर्किन लागेको हो ।  

प्रकाशित: Nov 11, 2020| 03:55 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।