सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कक्षा १२ को आन्तरिक मूल्यांकन अंक पठाउन विद्यालयलाई निर्देशन

कक्षा १२ को आन्तरिक मूल्यांकन अंक पठाउन विद्यालयलाई निर्देशन

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को आन्तरिक मूल्यांकन अंक पठाउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को आन्तरिक मूल्यांकन अंक पठाउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।

आन्तरिक मूल्याङ्कनको प्राप्तांक अंक मंसिर ८ गतेभित्र पठाउन कार्यालयले निर्देशन दिएको हो । 

कार्यविधिको अनुसूची २ (क) (ख) (ग) को ढाँचा अनुसार यथाशीघ्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन बोर्डले सूचना निकालेर निर्देशन दिएको हो । 

परीक्षा सञ्चालन तथा प्रमाणीकरण समितिले तयार पारेको मूल्यांकन हार्डकपी र सो को सफ्टकपीसहित बुझाउन निर्देशन दिइएको छ । 

बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरणसम्बन्धी कार्यविधि २०७७’ जारी गरिसकेको छ । सो कार्यविधिअनुसार बोर्डले आन्तरिक मुल्यांकनको अंक पठाउन भनेको हो । 
 

प्रकाशित: Nov 11, 2020| 05:40 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।