सोमबार, भदौ १५, २०८३

वामदेव गौतमविरुद्ध मुद्दाको सुनुवाइ आज

सत्तारुढ दल नेकपाका उपाध्यक्षसमेत रहेका राष्ट्रियसभा सांसद वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आजका लागि तोकिएको छ। 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं– सत्तारुढ नेकपाका उपाध्यक्षसमेत रहेका राष्ट्रियसभा सांसद वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आजका लागि तोकिएको छ। 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा गौतमको मुद्दाको सुनुवाइ हुन लागेकाे हाे। गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा मुद्दा परेको थियो।

यसअघि नै सुनुवाइ सुरु भए पनि दसैंका कारण स्थगित भएको थियो। त्यसयता पनि अदालतमा सिमित मात्रै न्यायाधीश भएका कारणले सुनुवाइ हुन सकेको थिएन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए।

गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन यसअघि अन्तरिम आदेश जारी गर्दै यसको टुंगो संवैधानिक इजलासबाट हुने भनिएको थियो।  

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन्।

प्रकाशित: Nov 11, 2020| 05:24 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।