सोमबार, भदौ १५, २०८३

कतारका राजकुमार अलथानीले चढे आमदब्लम हिमाल 

कतारका राजकुमार सेख मोहम्मद विन अब्दुल्ला अलथानीले आमदब्लम हिमालको सफल आरोहण गरेका छन्।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं- कतारका राजकुमार सेख मोहम्मद विन अब्दुल्ला अलथानीले आमदब्लम हिमालको सफल आरोहण गरेका छन्। 

उनले सो हिमाल बुधबार बिहान ११ बजेर २० मिनेट जाँदा आरोहण गरेका हुन्। 

अमेरिकी गाइड ग्यारेट सी म्याडसनको नेतृत्वमा अलथानीसहित ६ जना शिखरमा पुगेका थिए। 

हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार राजकुमार अलथानीसँगै ८ जना अन्य नेपाली पनि आमदब्लम हिमालको आरोहण गरेका थिए । 

राजकुमारको टोली दसैंको टीकाको दिन काठमाडौंबाट लुक्लाका लागि उडेको थियो। त्यहाँबाट फाक्दिङ, नाम्चे हुँदै आमदब्लम आधार शिविर पुगेको थियो। 

आमदब्लम हिमाल ६ हजार ८ सय १२ मिटर उचाइको छ।
 

प्रकाशित: Nov 11, 2020| 09:17 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्