सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री संखुवासभामा, यस्तो छ कार्यक्रम तालिका

प्रधानमन्त्री संखुवासभामा, यस्तो छ कार्यक्रम तालिका

प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित किमाथांका नाका पुगेका छन्।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित किमाथांका नाका पुगेका छन्।

ओली हेलिकप्टर चढेर भोटखोला गाउँपालिका १ स्थित किमाथांका नाका पुगेका हुन्। संखुवासभामा रहँदा उनी विभिन्न तीन स्थानमा हुने कार्यक्रममा सहभागी हुनेछन्।

उनले किमाथांकामा सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण र अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने बताइएको छ। साथै प्रधानमन्त्री ओलीले किमाथांका भएर हुन सक्ने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे पनि जानकारी लिनेछन्।

यसका साथै प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)को किमाथांकामा निर्माणाधीन भवनको समेत अवलोकन गर्नेछन्।

किमाथांकाको कार्यक्रमपछि प्रधानमन्त्री ओली भोटखोला २ च्याम्ताङमा हुने कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ प्रधानमन्त्रीको स्वागतमा कार्यक्रम आयोजना गरिएको छ। च्याम्ताङमा प्रधानमन्त्री ओलीले निर्माणाधीन उत्तर दक्षिण कोशी सडकको अनुगमन गर्नेछन्।

प्रधानमन्त्री ओली अरूण तेस्रो जलविद्युत आयोजनाको बाँधस्थल फ्याक्सिन्दाको कार्यक्रममा पनि सहभागी हुने जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ। उनले त्यहाँ आयोजनालगायत त्यस क्षेत्रका विकास निर्माणका बारे जानकारी लिनेछन्। फ्याक्सिन्दाको कार्यक्रमपछि प्रधानमन्त्री ओली काठमाडौं फर्कनेछन्।

प्रधानमन्त्रीको टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत पनि सहभागी छन्।

त्यसैगरी संखुवासभाबाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम र राष्ट्रिय सभा सदस्य परशुराम मेघी गुरुङ पनि टोलीमा छन्।

प्रकाशित: Nov 11, 2020| 08:00 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।