शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कञ्चनपुर-१ मा पछि परिन् बिना मगर

एमालेका तारा लामा तामाङले मगरलाई पछि पारेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मनाङ 'क'मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी

प्रदेश सभा निर्वाचन अन्तर्गत मनाङ 'क' बाट नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

सप्तरी-३ र ४ मा कांग्रेसलाई अग्रता

सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसले अग्रता लिएको छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

गोरखा-२ मा दुई सय गणना गर्दा प्रचण्डलाई १३० मत

कुल २ सय मत गणना गर्दा १३० मत ल्याएर उनी निकटतम प्रतिस्पर्धी भन्दा निकै अघि देखिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

कञ्चनपुर-२ एनपी साउदको सुरुवाती अग्रता

उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मकवानपुर-२ मा अघि बढे विरोध खतिवडा

खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनलाई एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मतका साथ पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

डोल्पाका ३१ मतदान केन्द्रको मतपेटिका अझै पुगेन सदरमुकाम

अहिलेसम्म ३७ वटा मतदान केन्द्रकोमात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

महोत्तरी १ मा मतगणना सुरु, क्रस मतलाई सदर गर्ने सहमति

क्रस मत सदर गर्ने सहमतिपछि मतगणाना सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

साका, बेलिङ्घम र स्टर्लिङको गोलमा इंग्ल्यान्डलाई पहिलो हाफमै ३-० को अग्रता

साकाले ४२ औं मिनेटमा र रहिमले खेलको इन्ज्युरी समयमा गोल गरेका थिए। स्टर्लिङले विश्वकपमा यो पहिलो गोल गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

झापा-१ मा विश्वप्रकाश शर्माले बढाए मतान्तर

शर्मा निकटतम प्रतिस्पर्धीभन्दा ६२३ मतले अघि छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

बर्दिया-२ मा रेशमका बुवा लालवीरले लिए अग्रता

बर्दिया-२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले अग्रता बनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

भक्तपुर-२ मा अघि बढे महेश बस्नेत

भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन्। उनले ६ हजार ८ सय २४ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

इलाम-१ : महेशलाई पछ्याउँदैछन् झलनाथ

बस्नेतले १२५८ मत ल्याउँदा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा एसका झलनाथ खनाल १०४१ मत ल्याएर पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मोरङका २ क्षेत्रमा गठबन्धन र एउटामा स्वतन्त्र अघि

गणना भइरहेकामध्ये ३ वटामा प्रत्यक्ष तर्फ र क्षेत्र नं. ३ मा समानुपातिकको मत गणना भइरहेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

नवलपरासी पश्चिम-१ : विनोद चौधरीलाई प्रारम्भिक अग्रता

जारी मतगणनामा चौधरीले ८६४ मत पाउँदा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले ६३२ मत पाएर पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

रुपन्देही-१ मा एमालेका छविलाल विकको अग्रता

विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

सुनसरी-१ मा राप्रपाको प्रारम्भिक अग्रता, चौथो बने सत्ता गठबन्धनका मेन्याङ्बो

धरान उपमहानगरपालिका वडा नं. १ का ६ सय मत गणना हुँदा राप्रपाका राईले १७४ मत पाएर शीर्ष स्थान बनाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

माधवकुमार नेपालले 'लिड' गरे रौतहट-१

पछिल्लो मत अपडेटअनुसार नेपालले ७२९ मत ल्याएर अग्रस्थान बनाउँदा एमालेका अजय गुप्ताले ६५५ मत पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९