आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुनसरी-१ मा राप्रपाको प्रारम्भिक अग्रता, चौथो बने सत्ता गठबन्धनका मेन्याङ्बो

सुनसरी-१ मा राप्रपाको प्रारम्भिक अग्रता, चौथो बने सत्ता गठबन्धनका मेन्याङ्बो

धरान उपमहानगरपालिका वडा नं. १ का ६ सय मत गणना हुँदा राप्रपाका राईले १७४ मत पाएर शीर्ष स्थान बनाएका हुन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

धरान- सुनसरी-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अशोक अविरल राईले प्रारम्भिक अग्रता बनाएका छन्। एमालेको समर्थन पाएका जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशोक राई पाँचौ स्थानमा पुगेका छन्। 

National life

धरान उपमहानगरपालिका वडा नं. १ का ६ सय मत गणना हुँदा राप्रपाका राईले १७४ मत पाएर शीर्ष स्थान बनाएका हुन्। स्वतन्त्र उमेदवार मनोजकुमार मेन्याङ्वोले १४१ र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सरिन तामाङले ११३ मत पाएकी छन्।

चौथो नम्बरमा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा (माओवादी केन्द्र) का मुक्सामहाङ मेन्याङ्वोले ७० र पाँचौ नम्बरमा रहेका एमालेको समर्थन पाएका जसपा राईले २५ मत पाएका छन्।

यो क्षेत्रबाट आइतबार ७८ हजार ८९३ मत खसेको थियो।

प्रकाशित: Nov 21, 2022| 18:55 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...